१२ आश्विन २०८१, शनिबार

पौडेल पक्षले विधानअनुसार अघि बढ्न देउवालाई दबाब


८ पुस, काठमाडौं । काँग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले ‘प्याकेज’ मै भागबन्डाको प्रयास सफल नभए विधानअनुसार अघि बढ्न सभापति शेरबहादुर देउवालाई दबाब दिने रणनीति बनाएको छ । महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा सोमबार बसेको पौडेल पक्षको बैठकले सभापति देउवाले विधानविपरीत पार्टी सञ्चालन गर्न खोजेको निष्कर्ष निकालेको छ ।

महाधिवेशनको कार्यतालिका, विभाग र भ्रातृसंस्था गठनको विषयलाई लिएर दुई सातादेखि काँग्रेसमा कलह चुलिएको छ । महाधिवेशन कार्यतालिका नल्याइएको भन्दै पौडेल पक्षले मंसिर २६ देखि केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गर्दै आएको छ । सहमति जुटाउन भन्दै पछिल्लो पटक पुस १० सम्मका लागि बैठक स्थगित गरिएको छ । देवा र पौडेल पक्ष महाधिवेशनको कार्यतालिका, विभाग, नेविसंघ र तरुण दल गठनको मुद्दालाई प्याकेजमै सहमति गर्ने भन्दै निरन्तर संवादमा छन् । कान्तिपुर दैनिकमा खबर छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !