६ जेष्ठ २०८१, आइतबार

सर्वोच्चलाई ओलीले दिए जवाफ : सीमा विवादमा अदालतले आदेश जारी गर्नुपर्दैन


प्रधानमन्त्री केपी शर्मा ओली

२ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवादमा अदालतबाट कुनै आदेश दिनुनपर्ने बताएका छन् । कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका नेपाली भूभाग फिर्ता ल्याउन माग गर्दै सर्वोच्च अदालतमा अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले दायर गरेको रिटमा लिखित जवाफ पठाउँदै प्रधानमन्त्रीले कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

‘नेपालको सिमानाको रक्षा तथा नेपालको भूभागको संरक्षणका लागि आवश्यक काम भइरहेको र कूटनीतिक माध्यमबाट समाधान हुने विषयमा सम्मानित अदालतबाट कुनै आदेश जारी हुनुपर्ने नहुँदा रिट निवेदन खारेज भागी छ’ प्रधानमन्त्रीले आफ्नो लिखित जवाफमा भनेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !