१२ आश्विन २०८१, शनिबार

१९ वर्षपछि स्थानीय निर्वाचन घोषणा, निर्वाचन वैशाख ३१ मा


election

काठमाडौं—सरकारले वैशाख ३१ गते स्थानीय निर्वाचन गर्ने निर्णय गरेको छ। सोमबार तेस्रो पटक बसेको मन्त्रिपरिषद बैठकले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने निर्णय गरेको हो।
‘सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले स्थानीय तहको निर्वाचन वैशाख ३१ गते गर्ने निर्णय गरेको छ।

०४६ सालको परिवर्तन यता नेपालमा दुई वटा मात्र स्थानीय निकायको निर्वाचन हुन सके। पछिल्लो स्थानीय निर्वाचन २०५४ सालमा भएको थियो। करिब १० वर्ष माओवादी सशस्त्र युद्धका कारण निर्वाचन गर्न स्थिति कठिन रह्यो। माओवादी शान्ति प्रक्रियामा आएको एक दशकपछि स्थानीय निर्वाचन घोषणा भएको हो।
‘सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले स्थानीय तहको निर्वाचन वैशाख ३१ गते गर्ने निर्णय गरेको छ।

मधेसी मोर्चाद्वारा दबावमुलक आन्दोलनको घोषणा
सरकारले चुनाव घोषणा गरेलगतै मधेसी मोर्चाले दबावमुलक आन्दोलनको घोषणा गरेको छ । यद्यपि उसले संविधान संशोधन भएमा स्थानीय चुनावमा सहभागी हुनसक्ने संकेत दिएको छ ।

चुनाव घोषणाका लागि सिंहदरवारमा मन्त्रिपरिषद् बैठक बसिरहेका बेला मधेसी मोर्चाका नेताहरु केहीसमय मिटर पर तमलोपा कार्यालयमा आन्दोलनबारे छलफल गरिरहेका थिए ।

सरकारले चुनावको मिति घोषणा गरे लगतै मधेसी मोर्चाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

मोर्चाले भोलि १० गते मसाल जुलस निकाल्ने र पर्सि ११ गते मधेस बन्द गर्ने घोषणा गरेको छ । १२ गतेदेखि १५ दिनसम्म गाउँ, नगर सदरमुकामहरुमा भण्डाफेर अभियान चलाउने निर्णय ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !