१२ आश्विन २०८१, शनिबार

सरकार छोडे समाजवादीसँग एकता : राजेन्द्र महतो


Rajendra-mahto

६ मंसिर, जनकपुरधाम । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक राजेन्द्र महतोले जनकपुर विमानस्थलमा आज सञ्चारकर्मी बोल्दै समाजवादी पार्टी सरकारबाट नबाहिरिएकै कारण एकता प्रक्रिया रोकिएको बताएका छन् । महतोले पार्टी एकताका लागि समाजवादी पार्टीले अहिले पनि सरकारबाट बाहिरिनुपर्छ भन्ने पहिलो सर्त रहेको बताए ।

महतोले देशमा वैकल्पिक शक्ति निर्माणका लागि समाजवादी पार्टीसँग एकता गर्न चाहेको बताए । महतोले भने, ‘सरकार नछाडेर वैकल्पिक शक्ति निर्माण हुन सक्दैन । त्यसैले एकता प्रक्रिया रोकियो ।’ समाजवादी पार्टी बाहिरिएपछि राजपा सरकारमा जाने हो भन्ने जिज्ञासामा उनले संविधान संशोधन, सांसद रेशम चौधरीको रिहा र कार्यकर्तामाथिको मुद्दा फिर्ता नभएसम्म सरकारलाई सहयोग पनि गर्न नसकिने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !