५ मंसिर २०८१, बुधबार

पदभार ग्रहण गर्दै नवनियुक्त राज्यमन्त्री दुगडले भने, ‘प्रधानमन्त्रीको मायाले यहाँ आएँ, भगवान सम्झेर घुस खान्नँ’


५ मंसिर, काठमाडौं । नवनियुक्त उद्योग राज्यमन्त्री मोती दुगडले बिहीबार पदभार ग्रहण गर्दै प्रधानमन्त्रीको माया र सद्भावले आफू राज्यमन्त्री बन्ने अवसर पाएको बताएका छन् । राज्यमन्त्री मोती दुगडले भने ‘प्रधानमन्त्रीको माया र सद्भाव र पार्टीको विश्वासले यहाँ आएँ । लेखराज मन्त्रीज्यूसंग ट्युनिङ मिल्छ भन्ने विश्वास छ ।’

राज्यमन्त्री दुगडले भगवान साक्षी राखेर घुस नखाने पनि प्रण गरे । उद्योगीको मनोबल खस्किएकाले सुधार गर्ने बेला आएको राज्यमन्त्री दुगडले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !