२५ कात्तिक, काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहम्फेले नयाँ सभामुख चयनका लागि सभामुख पद आफूले पाउनुपर्ने शर्तसहित राजीनामा दिन आफू तयार रहेको बताएकी छन् । नेकपाले संवैधानिक व्यवस्था अनुसार सभामुख र उपसभामुखमध्ये एउटा मात्र पद लिनसक्नेछ ।
एक महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ । उपसभामुखले सभामुख पद लिन चाहेको छ ।
तर नेकपाले भने पछिलो समय यता उपसभामुखलाई राजीनामा दिन लगाएर सभामुख पद नछोड्ने जिकिर गर्दै आएको छ । उपसभामुखलाई राजीनामा दिन लगाएर उपसभामुख अन्य पार्टीलाई दिने निर्णय नेकपाले गर्दै आएको छ । उपसभामुख भने सभामुख चलाउनका लागि आफुसँग के योग्यताको कमी छ भन्दै आएकी छन् ।