२० कार्तिक २०८१, मंगलबार

प्रधानमन्त्रीको सचिवालयका सबै सदस्यलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन


KP Sharma Oli केपी शर्मा ओली

कार्तिक २३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै सल्लाहकारलाई राजीनामा दिन निर्देशन दिएका छन् । शुक्रबार बालुवाटारमा सबै सल्लाहकारलाई बोलाएर प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् ।

ग्रान्डी अस्पतालमा २४ घण्टामा दुईपटक डायलासिस गरेर बालुवाटार फर्किएपछि प्रधानमन्त्री ओलीले फरक ढंगले काम अघि बढाउन चाहेका छन् । नयाँ ढंगले काम गर्न सजिलो होस् भनेर प्रधानमन्त्री ओलीले सल्लाहकारलाई राजीनामा दिन निर्देशन दिएको स्रोतको दाबी छ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको सचिवालय र सल्लाहकारको पार्टीभित्र चर्को आलोचना भइरहेका बेला प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् । पार्टीभित्र शीर्ष नेताको असन्तुष्टिलाई सम्बोधन गर्न प्रधानमन्त्री ओलीले नयाँ ढंगले काम गर्न चाहेका छन् ।

ओलीले केही समयअघि मन्त्रिपरिषद् हेरफेर हुने संकेत समेत गरेका थिए । मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्रीलाई सहज बनाउन भन्दै सचिवालयका सबै सदस्यले राजीनामा दिन लागेका हुन् । तर मंसिरबाट लागू हुने गरी स्वच्छिक रुपमा राजीनामा दिन लागेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !