२१ कात्तिक, कास्की । कास्की क्षेत्र नम्बर २ मा १४ मंसिरमा हुने उपनिर्वाचनका लागि नेकपा उम्मेदवार विद्या भट्टराईको उम्मेदवारी दर्ता भएको छ । प्रतिनिधिसभा सदस्यका लागि भट्टराईले उम्मेदवारी दर्ता गराएकी हुन् । भट्टराईको प्रस्तावकमा कृष्णबहादुर थापा र समर्थकमा प्रभा कोइराला छन् ।
विद्या दिवंगत पर्यटनमन्त्री रविन्द्र अधिकारीकी श्रीमती हुन् । उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय जानुअघि उनले रविन्द्र अधिकारीको जन्मस्थान भरतपोखरीका ८७ वर्षीया पूर्णकुमारी आचार्य र ८५ वर्षीय बैकुण्ठनाथ आचार्यबाट आशिर्वाद ग्रहण गरेकी थिइन् ।