८ कात्तिक, काठमाडौं । विप्लव समूहले नयाँ नेतृत्व गठन गरेसँगै जिल्लामा गतिविधि बढाएको छ । संगठन निर्माणसँगै राज्यसत्तालाई असफल बनाउन छुट्टै जनसत्ता स्थापना गरेको छ ।जनसत्तासँगै सेनाको तालिम र प्रशिक्षणका लागि युवाहरूलाई आह्वान गरेको छ ।
सदस्यता वृद्धिलाई तीव्र बनाएको छ । चन्दा संकलन, भण्डाफोर अभियान, जनसंगठन परिचालनलगायतका कार्यमा क्रियाशील भएको काभ्रे जिल्ला सदस्य रमेश नेपालीले जानकारी दिए । राज्य सत्ताका सबै काम असफल बनाउन गतिविधि सञ्चालन गरिरहेको उनले बताए ।