३ कात्तिक, रौतहट । नेपाली कांग्रेशका नेता मोहम्मद अफताव आलमलाई अनुसन्धान गर्नको लागि अझैं थप ५ दिन थुनामा राख्न अनुमति दिएको छ ।
बम विस्फोटका घाइतेको हत्या आरोपमा पक्राउ परेका आलमको पहिलो पटक थप गरिएको ७ दिनको समय सकिएपछि रौतहट जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले थप ५ दिनको समय दिएको हो ।
आलमलाई प्रहरीले २६ असोजमा पक्राउ गरेको थियो ।