५ जेष्ठ २०८१, शनिबार

विप्लवका दाजु चन्द्रबहादुर चन्दसहित २१ जना पक्राउ परेकाहरुको नामावलीसहित


३० असोज, काठमाडौं । महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका मध्यकपश्चिम कमाण्ड अर्थात विप्लवका दाइ चन्द्र बहादुर चन्दसहित २१ जना दाङको राजापुर क्षेत्रबाट पक्राउ २१ जना कार्यकर्ता पक्राउ परेका छन् । ब्यूरोको बैठक बसिरहेको बेला प्रहरीले घेरा हालेर मध्यराती १ बजे पक्राउ परेका उनीहरुसँग विस्फोट सामग्री र हतियार पनि रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरु केशवबहादुर बाँठा मगर (सुवास) –राप्ती ब्युरो ईन्चार्ज, ( चन्द्रबहादुर चन्द (वीरजङ्ग) –केन्द्रीय सदस्य तथा लुम्बिनी ब्यूरो ईन्चार्ज एवं मध्य पश्चिम कमाण्ड ईन्चार्ज, रामबहादुर थापा (सुन्दर) – राप्ती ब्युरो एवं न्याय विभाग समिति जिल्ला संयोजक, सविन पोख्रेल – राप्ती ब्युरो कार्यालय सचिव
५. यमलाल कटुवाल (विक्रम) जिल्ला ईन्चार्ज, प्रदीप वली – जिल्ला सेक्रेटरी, बविन केसी (पाटन, जंगली) – युव संगठन नेपाल केन्दीय अध्यक्ष, सुनिल पौडेल – वुद्धिजिवी, एकराज चौधरी – एरिया नम्बर ४ ईन्चार्ज एवं जिल्ला जनपरिषद् सदस्य, धनबहादुर बोहोरा (महान) – एरिया नम्बर १ ईन्चार्ज एवं राजपुर गापा सेक्रेटरी, तिलक पुन – पूर्व जनमुक्ति सेना, सुरज विक – दलित राष्ट्रिय मुक्ति मोर्चा जिल्ला अध्यक्ष, हितप्रसाद रोका – पार्टी सदस्य, पोष्टमान घर्ती – रोल्पा जिल्ला, दल बहादुर घर्ती, अमित घर्ती मगर, बालकृष्ण शर्मा, जीत क्षेत्री, रमेश आचार्य, कुल बहादुर वली र विष्णु थापा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !