३१ भाद्र २०८१, सोमबार

सी र नेकपा सचिवालय सदस्यवीच भेटवार्ता


असोज २६, काठमाडौं । २ दिने राजकीय भ्रमणमा शनिबार नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनपिङले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयका नेताहरूसँग सामूहिक भेटवार्ता गरेका छन् ।

सीले आज १०:३० बजे सचिवालय सदस्यसँग सामूहिक भेट गरेका हुन् । उक्त भेटवार्तामा दुई देश र दुई कम्युनिस्ट पार्टीको पारस्परिक हित प्रवर्द्धनका विषयमा छलफल केन्द्रित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिए ।

सी अब केहि समयपछि प्रधानमन्त्री ओलीलाई सोल्टी होटलमा भेट्ने छन् । त्यसपछि आजै दुई देशवीचको महत्वपुर्ण समझदारीमा हस्ताक्षर हुनेछ । सी आजै मध्याह्न स्वदेश फर्कनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !