७ मंसिर २०८१, शुक्रबार

डेढ महिनामै पर्यटनमन्त्री योगेश भट्टराई किन आलोचित ?


३१ भदौं, काठमाडौं । डेढ महिनादेखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री बन्दै गर्दा योगेश भट्टराईलाई बधाई र शुभकामनाको ओइरो लागेको थियो । समाजिक संजाल र सञ्चार माध्यम उनको प्रशंसाले रंगिएका थिए । कतिले त प्रधानमन्त्री नियुक्तभन्दा बढी प्रचार भएको टिप्पणी पनि गरे ।

सरकारले अपेक्षाकृत काम नगरिरहेका बेला झन्डै साढे चार महिनादेखि रिक्त मन्त्रालयमा दिवंगत रवीन्द्र अधिकारीको उत्तराधिकारीका रुपमा भट्टराई आएका थिए । संसद् यसअघिका राजनीतिक मोर्चामा प्रभावकारी भूमिका निर्वाह गरेका युवा नेताको मन्त्रिमण्डल प्रवेश भएसँगै चर्चा चुलिएको थियो तर तिनै युवा नेता भट्टराईमाथि मन्त्री बनेको डेढ महिनामै आलोचनाका स्वर चर्किन थालेका छन् ।

किन यस्तो अवस्था आयो ? यसका पछाडि उनले गरेका केही प्रतिनिधिमुलक काम जिम्मेवार छन् । उनले गरेको ‘पशुपतिको गंगा आरतीमा राष्ट्रिय गान’ बजाउने निर्णय निकै आलोचित छ । ‘राष्ट्रिय जगेर्ना गर्ने नाममा आर्यघाटनजिक हुने आरतीमा राष्ट्रिय गान कति अनिवार्य हो र ’ नागरिक स्तरबाट प्रश्न उठेको छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !