१२ श्रावण २०८१, शनिबार

भारतीय राजदुत रणतीय रायले मधेसीवादी दललाई उचाले: उपप्रधानमन्त्री मैनाली


१३ चैत, विराटनगर । उपप्रधानमन्त्री सीपी मैनालीले भारतीय राजदुत रणतीय रायले मधेसीवादी दललाई उचालेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा रहेका बेला मधेसवादी दलहरुलाई उचाल्ने उद्देश्यले भेटघाट गर्नु कूटनीति मर्यादा विपरित रहेको उनले बताए ।

शनिबार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीसंगको कराकानी मैनालीले प्रधानमन्त्री ओली चीन भम्रण सकेर स्वदेश फर्केपछि यसबारे छलफल हुने बताए । आन्दोलनमा रहेका मधेसी दलका नेतालाई आन्दोलनमा कसरी जान्छौं, त्यसको तयारी कस्तो छ भनेर मनसाय वुझ्न् सामान्य नभएको उनले बताए ।

उप-प्रधानमन्त्री मैनालीले प्रधानमन्त्रीको जारी चीन भ्रमण नेपाल र नेपालीका लागि कोशेढुंढा सावित भएको पनि दाबी गरे । चीनसँग भएको सम्झौताले नेपालले दिर्घकालीन फाइदा लिन सक्ने भन्दै उनले भने, ‘अब भारतसँग मात्र व्यापार निर्भरता कायम रहनु पर्दछ भन्ने भएन ।’

माले महासचिव समेत रहेका उपप्रधानमन्त्री मैनालीले सरकार परिवर्तनको सम्भावना नरहेको दाबी गरे र कांग्रेसलाई समेत यहि सरकारमा ल्याएर संविधान कार्यन्वयनको दिशामा देश बढ्ने उनको तर्क छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !