३० कार्तिक २०८१, शुक्रबार

विप्लव नेता माइलालाई ‘ज्यान मार्ने’ विरुद्धको मुद्दा


५ साउन काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका नेता तथा उपत्यका ब्यूरो इन्चार्ज माइला लामाविरुद्ध ‘ज्यान मार्ने’ र ‘बम विस्फोट’ विरुद्ध महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) सहकुल थापाले मुद्दा चलाइने भएको छ ।

एसएसपी थापाले कर्तव्य ज्यान (ज्यान मार्ने) उद्योग र बम विस्फोटविरुद्ध मुद्दा चलाइने जानकारी दिए । लामा आइतबार मध्यराती विशेष सूचनाको आधारमा काठमाडौंको काँडाघारीबाट पक्राउ परेका थिए ।

यसअघि नै ललितपुर जिल्ला अदालमा कर्तव्य ज्यान अन्तर्गत मुद्दा दर्ता गरिएका उनीविरुद्ध नख्खु र काठमाडौंमा बम विस्फोटको आरोप समेत लागेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !