८ मंसिर २०८१, शनिबार

नेतृत्वमै टाँसिरहन चाहने नेताहरु


३२ जेठ, काठमाडौं । कम्युनिस्ट नेता मोहनविक्रम सिंह ८५ वर्षका भए । उनी यसै साता नेकपा मसालको महासचिवमा चयन भएका छन् ।

काठमाडौँ थानकोटस्थित ग्रिन पार्टी प्यालेसमा भूमिगत शैलीमा सम्पन्न पार्टीको आठौँ महाधिवेशनले उनलाई पाँच वर्षका लागि महासचिवमा चयन गरेको हो ।

सिंह ०३१ सालदेखि निरन्तर पार्टी नेतृत्वमा छन् । त्यसयता ४४ वर्ष सिंह निरन्तर नेतृत्वमा छन् ।

नेपालका अन्य राजनीतिक दलभित्र पनि नेतृत्वमै टाँसिरहन चाहने नेता धेरै छन् । कतिपयले एक दशकदेखि चार दशक लामो समयसम्म नेतृत्व हाँकेका छन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे र माले महासचवि सीपी मैनाली वामपन्थी राजनीतिमा लामै समयदेखि नेतृत्वमा छन् ।

त्यस्तै समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव र राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि लामो समयदेखि पार्टीमा कब्जा जमाएका छन् ।

यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा विस्तृतमा पढ्न सक्नुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !