९ असार २०८१, आइतबार

चुनावी संघारमा नागरिकता खेलो


nagarikata-citizenship

दलबीच चैतभित्र स्थानीय निकाय र डेढ वर्षभित्र तीनवटै तहको निर्वाचन सम्पन्न गर्नेबारे छलफल भइरहँदा गृह मन्त्रालयले घुम्ती शिविरमार्फत नागरिकता वितरणको तयारी थालेको छ। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ।

निर्वाचन अघि घुम्ती शिविरमार्फत लाखौंको संख्यामा वितरण गरिने नागरिकता विवादास्पद बनिरहेन पनि गृहले यसपालि पनि घुम्ती शिविरमार्फत नागरिकता वितरण गरेको छ।

देशका ७५ वटै जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमार्फत हरेक दिन योग्य नागरिकले सहजै नागरिकता पाउने व्यवस्था हुँदाहुँदै सरकारले घुम्ती शिविरमार्फत नागरिकता वितरण तयारी गरेको छ।

गृहस्रोतका अनुसार प्रमुख दलबीच आगामी चैतमा स्थानीय निकाय निर्वाचन गर्ने सहमति जुटेलगत्तै गृहले घुम्ती शिविरमार्फत नागरिकता वितरणको काम अघि बढाएको हो ।

निर्वाचन आयोगस्रोतका अनुसार प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव र गृहमन्त्री विमलेन्द्र निधिबीच घुम्ती शिविर पडाएर नागरिकता वितरण गरेपछि मात्रै उक्त जिल्लमा मतदाता नामावली संकलन गर्ने कार्यक्रम तय भएको छ।

तराईका सहित बाँकी जिल्लामा पुस १५ देखि अभियानकै रूपमा नागरिकता वितरण गर्ने तयारी गृहको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !