७ बैशाख २०८१, शुक्रबार

नेकपाकाे एकता, कता-कता !


prachanda_kp_oli

काठमाडाैं । सत्तारूढ नेकपा एकताको वर्ष दिन पुगको छ । नितान्त फरक धारको दुई पार्टीको सिंगो संरचनाको एकता भने अझै भइसकेको छैन । सांगठनिक र सैद्धान्तिक पक्षमा थुप्रै काम बाँकी छन् । भइसकेका काम पनि धेरै छन् । तर, बाँकी बढ्ता मतभिन्नताका छन् ।

त्यसैले पूर्ण एकीकरणका लागि अझै केही समय लाग्ने देखिन्छ । नेताहरु एकता पूर्णतया टुंग्याउन जोडतोडले लागेका देखिए पनि अवस्था कता-कता अल्झिएको छ । २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टी २०१९ सालपछि विभिन्न समूहमा विभाजित थियो । अन्ततः ५६ वर्षपछि २०७५ जेठ ३ गते दुई ठुला कम्युनिस्ट घटक अचानक एक भई राजनीतिक दुनियाँलाई चकित लुल्याएका थिए । यो समाचार रामकृष्ण अधिकारीले अन्नपूर्णमा लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !