८ बैशाख २०८१, शनिबार

नेकपामा वैचारिक कार्यदिशाको विवाद : घोचपेचमै उत्रिए दाहाल र पोखरेल


काठमाडौं, जेठ २ । एकताको झन्डै एक वर्ष पुगिसक्दा पनि वैचारिक दिशा तय गर्न नसकेको भन्दै नेकपाभित्र विवाद बढेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । नेताहरु बीचको विवाद बुधबार सार्वजनिक मञ्चबाटै छताछुल्ल भएको छ ।

आउँदो शुक्रबार एकता दिबस मनाउने तयारीमा रहेको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र सचिवालय सदस्य ईश्वर पोखरेलबीच बुधबार युवासंघको मञ्चमा चलेको घोचपेचले आन्तरिक विवादलाई सतहमा ल्याइदिएको छ । नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाललगायतले पार्टीको कार्यशैली र वैचारिक कार्यदिशामाथि यसअघि नै पटकपटक प्रश्न उठाएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !