१२ असार २०८१, बुधबार

झलनाथ खनालको खुलासा : प्रचण्ड प्रधानमन्त्री बन्दैछन्


Jhalanath-Khanal

१६ वैसाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले एकतापछि वरियातामा आफूलाई अन्याय गरिएको भन्दै असन्तुष्टी व्यक्त गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छनमा ऋषि धमलासँग कुरा गर्दै खनालले वरियतामा अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालपछि आफ्नो स्थान हुनुपर्ने दावी गरेका हुन् ।

पार्टीभित्रको इतिहासअनुसार ओलीभन्दा पनि आफू सिनियर भएकोसमेत खनालको दावी थियो । सोमबार सम्पन्न जिल्ला तहको एकता घोषणाप्रति पार्टीभित्रै धेरै असन्तुष्टी नरहेको पनि खनालले बताएका छन् । कार्यक्रमको बिचमै उठेर हिँडेका अर्का नेता माधवकुमार नेपाल पनि सन्तुष्ट नै रहेको खनालले बताए ।

बाहिर चर्चा भएजस्तो नेपालको असन्तुष्टी नरहेको खनालको जिकिरि थियो । फरक प्रसंगमा खनालले ओली पछि अर्का अध्यक्ष दाहाल प्रधानमन्त्री बन्न सक्ने संकेत पनि गरेका छन् । जिल्ला तहको एकता घोषणामा सहभागि वरिष्ठ नेता माधवकुमार नेपाल कार्यक्रम नसकिदै बाहिरिएपछि निकै चर्चा भइरहेको छ । कतिपयले जिल्ला तहको नेतृत्वमा गरिएको बाँडफाँटप्रति असन्तुष्टी भएको आशंका गरेका छन् ।

तर नेपालले कार्यक्रममा आफूले सम्बोधन गर्न नपाएपछि असन्तुष्ट भएर कार्यक्रमको बिचमै निस्किएको पाइएको छ । कार्यक्रममा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई मात्रै सम्बोधन गर्न दिएकोमा असन्तुष्ट बनेका नेपाल कार्यक्रममा पुरै समय नबसेका हुन् ।

नेपालले पार्टीभित्रै आफूलाई अपहेलना गरिएको महसुश गरेर सांकेतिक विरोध गरेका हुन् । अर्का वरिष्ठ नेता झलनाथ खनालसँग यस विषयमा कुरा गर्दा आफूसमेत छक्क परेको प्रतिक्रिया दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !