१२ असार २०८१, बुधबार

गच्छदारको निर्णयले भाँडभैलो, पार्टी फुटको संघारमा


Bijay Gachhadar Bijay Gachhadar

काठमाडौं, १६ भदौ– मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा अध्यक्ष विजयकुमार गच्छदारले एकलौटी ढंगलबाट सरकारमा नजाने निर्णय गरेको भन्दै असन्तुष्टि चुलिएको छ । आजको कारोबार दैनिकमा खबर छापिएको छ ।
उपाध्यक्ष गोबिन्द चौधरीलाई अध्यक्ष बनाई नयाँ पार्टी गठन गर्ने गृहकार्य सुरु भइसकेको उक्त पार्टीका नेताहरुले बताएका छन् ।

असन्तुष्ट पक्षले अन्य सदस्यको सुझाव वेवास्ता गरी सरकारमा नजाने निर्णय गरेकाले पार्टी फुटाएर भएपनि सरकारमा सहभागि हुनुपर्ने निश्कर्ष निकालेको एक नेताले दाबी गरे ।
गच्छदारले सरकारमा नजाने निर्णय फिर्ता नलिए चौधरीको अध्यक्षतामा पार्टी गठनको योजना बनिसकेको ती नेताले बताए ।

चौधरीलाई अध्यक्ष बनाउने योजनामा रहेका सांसदहरुमा बाबुराम पोखरेल, सुमित्रा विश्वास, योगेन्द्र चौधरी, जितेन्द्र नारायण देव, रामणी राम, सुवोधराज पोखरेल, जनक चौधरी र पवनकुमार सारडालगायत छन् ।
संसदीय दलमा ५१ प्रतिशत भन्दा बढीको सहभाति प्राप्त भइसकेको स्रोतको दाबी छ । उनीहरु गच्छदारलाई भदौ ३० सम्म पर्खने नीतिमा रहेको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !