१२ असार २०८१, बुधबार

देउवा र पौडेलबीच फेरि सुरु भयो होडबाजी


congress-deawa-and-poudel

काठमाडौं, १४ भदौ– नेपाल विद्यार्थी संघको महाअधिवेशन सकिएसँगै भातृ संगठन नेपाल तरुण दल र महिला सघका नेतृत्व आफूअनुकूल बनाउन कांग्रेसका शीर्ष नेताबीच होडबाजी सुरु भएको छ । आजको राजधानी दैनिकमा खबर छापिएको छ ।

तरुण दल र महिला सघको नेतृत्व कब्जा गर्न कांग्रेस सभापति शेरबहादुर देउवा पक्ष र रामचन्द्र पौडेल पक्षधर नेताहरूले गृहकार्य तीव्र पारेका छन् ।
नेताहरूबीच महिला संघमा भन्दा तरुण दलमा आकर्षण बढी देखिएका कारण तरुण दल कब्जाको होडबाजी थप उत्कषमा पुगेको छ । तर अझैं तरुण दलको २२ जिल्लामा अधिवेशनै हुन सकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !