१४ बैशाख २०८१, शुक्रबार

कांग्रेस माओवादीले लोकमानविरुद्धको प्रस्तावमा छलफल गराउन चाहेनन्


lokman singh karki

सत्तासीन नेपाली कांग्रेस र माओवादी केन्द्रले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि सांसदमा छलफल गराउन नहुने अडान लिएपछि उक्त प्रस्ताव रद्द भएको छ ।

सभामुख ओनसरी घर्तीद्धारा गठित प्रस्ताव छनोट समितिका कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले संवैधानिक निकायका पदाधिकारीविरुद्ध ध्यानाकर्षणको प्रस्तावमा छलफल नगर्न संसद नियमावलीले नदिने भन्दै कार्कीविरुद्ध प्रस्ताव अघि बढाउन नहुने अडान राखेको खबर अाजको अन्नपूर्णमा छापिएको छ।

कांग्रेस सांसद (हाल स्वास्थ्य मन्त्री) गगन थापा प्रस्तावक कांग्रेसकै धनराज गुरुङ र माओवादी केन्द्रको कोटामा मन्त्रिपरिषदबाट सांसद नियुक्त भएका श्याम श्रेष्ठ समर्थक रही चिकित्सा क्षेत्रको समग्र सुधार र अख्तियार प्रमुख कार्कीविरुद्ध डा गोविन्द केसीले लगाएका आरोपका विषयमा छलफल र्गुपर्ने भन्दै भदौ ६ गते संसुदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको थियो ।

उक्त प्रस्ताव छलफलमा लैजाने वा नलैजाने भन्नेमा निर्णय गर्न गठित समितका सत्तासिन कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले उक्त प्रस्ताव छलफलमा नलैजाने निर्णय गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !