७ आश्विन २०८१, सोमबार

बाबुराम भट्टराई नयाँ डेरा सर्दै, घरखर्च चलाउन दम्पतीले ‘कन्सल्टेन्सी’ चलाउने !


baburam_ghar

काठमाडौं ८ भदौ– नयाँ शक्ति नेपालका संयोजक पूर्वप्रधानमन्त्री डा. वाबुराम भट्टराई नयाँ घरमा सर्ने भएका छन् । चार वर्ष सानेपामा बस्दै आएका भट्टराई भदौ ११ देखि विशालनगरस्थित घरमा सर्न लागेका हुन् । मासिक एक लाख १० हजार घरभाडा तिर्नेगरी भट्टराई धनबहादुर चन्दको घरमा सर्न लागेको भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिए ।

घरबहाल कर पनि सोही रकममा जोडिएको पाण्डेले बताए । प्रधानमन्त्री निवास बालुवाटारबाट बाहिरिएपछि भट्टराई सानेपास्थित भाडाको भरमा बस्दै आएका थिए । सानेपाका घरधनीले घर बेचेपछि भट्टराई नयाँ घर सर्न लागेका हुन् । पछिल्लो पटक डा. भट्टराईले डेरा खोज्दा व्यहोरेको झण्झटबारे सामाजिक सञ्जालमा मर्मस्पर्शी ‘स्टाटस’हरू लेखेका थिए ।

भट्टराई दम्पतीले ‘कन्सल्टेन्सी’ खोल्ने
राजनीतिक दलका नेताहरूको आयस्रोतमा प्रश्न उठिरहेको समयमा घरखर्च चलाउन भट्टराई दम्पतीले आफ्नो विज्ञता अनुसारको काम गर्ने सोचाइ बनाएका हुन् । ‘बावुराम सर र हिसिला म्याडम् मिलेर इन्जिनियरिङ कन्सल्टेन्सी चलाउने सोचाइ बनाइरहनु भएको छ,’ पाण्डेले लोकान्तरसँग भने । राजनीतिक दलका नेता भ्रष्ट बन्दै गएको भन्दै नयाँ शक्तिले आर्थिक पारदर्शितालाई जोड दिँदै आएको छ । राजनीतिक भ्रष्टीकरण रोक्न नयाँ शक्तिले आफ्ना नेता कार्यकर्तालाई पारदर्शी आचरण अपनाउन निर्देशन समेत दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु