१२ असार २०८१, बुधबार

कांग्रेसमा नेताको गुटअनुसार मन्त्री भाग लगाइदै


congress

काठमाडौं ५ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टी नेताहरुको भागबण्डामा आधारमा मन्त्री छान्ने भएका छन् । बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शसांक कोइरालाई फरक गुट बनाएरु मन्त्रीको भागबण्डा लगाइदैछ । सोमबार पार्टी सभापतिको भेला सकिएपछि मंगलबार वा बुधवार नाम पठाइने छ ।

उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि भारत भ्रमणबाट फर्किएपछिमात्र छलफल गरेर अन्तिम टुङ्गो लगाइनेछ । देउवानिकट स्रोतकाअनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई बढीमा तीन, महामन्त्री शशांक कोइराला, कृष्ण सिटौला र खुमबहादुर खड्का पक्षलाई एक एक मन्त्री दिने तयारीमा देउवाको छ । पौडेलको त्यसमा आपत्ति छ । उनले आफुलाई पाँच मन्त्री दिन प्रस्ताव गरेका छन् ।
कांग्रेसको भागमा परेको १३ मन्त्रालयमध्ये बाँकी ११ मन्त्रीका लागि थुप्रै आकांक्षी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !