१२ बैशाख २०८१, बुधबार

नेविसंघको निर्वाचनः बिहिबार बिहानसम्म ३१५० मत खस्यो


nebisangh-election

काठमाडौं, २ भदौ – नेविसंघको नयाँ कार्यसमिति चयनका लागि बुधबार मध्यान्हदेखि भएको निर्वाचन बिहिबार बिहानसम्म जारी छ । बिहिबार बिहान ७ बजेसम्म ३१५० मत खसेको छ । मतदान कार्यक्रम रातभर चलेको थियो ।

निर्वाचन कमिटीले राती १ बजेभित्र मतदान कार्ड लिएका प्रतिनिधिलाई मतदानका लागि लाइनमा बस्न प्रतिनिधिहरुलाई निर्देशन दिएको छ । नेविसंघमा ३५ सय बढी प्रतिनिधि रहेका छन् ।

मतदान विद्युतिय भोटिङ मेसिनबाट चलिरहेको भएपनि एउटामात्रै बुथको व्यवस्था गरिँदा ढिलाइ भएको बताइएको छ । मतदान प्रक्रिया लम्बिएपनि मत परिणाम भने निर्वाचन सकिएको केहि घण्टामै आइसक्ने बताइएको छ ।

उम्मेदवार धेरै भएकाले मतदानमा ढिलाई भएको हो । मतगणना सुरु गर्ने तयारी भएको निर्वाचन समितिले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु