१२ श्रावण २०८१, शनिबार

प्रधानमन्त्रीको देउवालाई प्रस्ताव,“पराष्ट्रमन्त्रीमा आरजुलाई अघि बढाउनुहोस्,”


pm-prachanda-with-sher-bahadur-deuba

काठमाडौं, २६ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवालाई पराष्ट्रमन्त्रीमा देउवा पत्नि डा. आरजु देउवा राणालाई अघि सार्न आग्रह गरेको खुलासा भएको छ ।

मंगलबार प्रधानमन्त्री दाहालले काँग्रेस सभापति देउवासँगको फोनवार्तामा पराष्ट्रमन्त्रीमा पत्नि आरजुलाई अघि बढाउन सुझाव दिएको स्रोतको दाबी छ । प्रधानमन्त्री दाहालले सभासद राणा महिला तथा अन्र्तराष्ट्रिय जगतमा समेत ख्याति कमाएको नाम भएकाले उनले पराष्ट्रमन्त्रालय सही ढंगले चलाउन सक्ने मुल्यांकन गर्दै सोही अनुसार अघि बढ्न देउवालाई आग्रह गरेका थिए ।

जवाफमा देउवाले पार्टीभित्र अप्ठ्यारो पर्ने बताएपनि प्रधानमन्त्री दाहालको प्रस्तावलाई अस्विकार गर्न भने सकेनन् । उनले पत्नि आरजुको समेत चाहना पराष्ट्रमन्त्रालय पाए मन्त्री बन्ने रहेको बुझेपछि सोही अनुसार टप सेक्रेट होमवर्क सुरु गरेका छन् ।

काँग्रेसले मन्त्री पठाउन नसकिरहेको वेला देउवा पत्निलाई पराष्ट्रमन्त्री बनाउने हल्ला चलेपछि काँग्रेसभित्र यतिवेला खैलाबैला मच्चिएको छ । बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट पराष्ट्रमन्त्रीको लागि डा. शेखर कोइरालाको नाम चर्चामा आएको थियो ।

यद्धपी देउवाले उनलाई पराष्ट्रमन्त्री बाहेकको अन्य मन्त्रालयमध्ये एक रोज्न आग्रह गरेपछि कोइरालाले आफ्नो रुचिको मन्त्रालय पराष्ट्र मात्रै भएकाले त्यो भन्दा बाहेकको मन्त्रालयमा नजाने अडान लिएका थिए । सोही विवादले काँग्रेसले अहिलेसम्म आफ्नो तर्फबाट मन्त्रि बन्नेहरुको नाम सरकारलाई दिन सकेको छैन् ।

हुन त काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन चलिरहेकोले आफूहरु व्यस्त भएकाले मन्त्री चयनबारेमा त्यति ध्यान नदिएको पार्टीका शीर्ष नेताहरुको दाबी छ । तर कारण यति मात्रै होईन भन्ने कुरा देउवा पत्नि आरजु पराष्ट्रमन्त्री बन्ने खबर आएपछि प्रष्ट हुन्छ ।

पूर्व उपप्रधानमन्त्री एवम् पराष्ट्रमन्त्री सुजाता कोइरालाले आरजु पराष्ट्रमन्त्री भए आफूलाई कुनै आपत्ति नरहेको स्पष्ट पारेकीछिन् । रिपोर्टर्स नेपाल डटकमकालागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा कोइरालाले भनिन्,“आरजुजी महिला पनि हो, उहाँ पराष्ट्रमन्त्री बने मेरो कुनै आपत्ति रहँदैन ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !