१२ असार २०८१, बुधबार

सुकुम्वासीको गुनासो सुन्दै सांसद बस्नेत


mahesh basnet

१८ कात्तिक, काठमाडौँ । प्रतिनिधिसभाका सांसद महेश बस्नेत गुनासो सुन्न काठमाडौँ र भक्तपुरको सिमानामा रहेको मनोहरास्थित सुकुम्वासी बस्तीमा पुग्नुभएको छ ।

पूर्वउद्योगमन्त्री बस्नेतले गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, आवास, खाद्य सम्प्रभुतालगायत मौलिक हक रहेको बताउँदै सुकुम्वासी, दलित, पिछडिएको वर्गलाई राज्यको मूलधारमा ल्याउन आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कुल ७१३ घरपरिवार रहेको उक्त बस्तीका लक्ष्मण पौडेलले विद्यालय निर्माण गर्दा ऋणमा उक्त समुदाय नै परेको तथा जग्गा धनीपुर्जाको व्यवस्थापन नभएको गुनासो गर्नुभयो ।

बस्तीका अर्का सदस्य बिमला तामाङले नेपालको संविधानअनुसार गाँस, बास, कपास र भूमिको व्यवस्थापन गरिदिनुपर्र्ने बताउनुभयो । अर्का सदस्य सिवी लामाले भूमिहीन तथा मजदूरको अधिकारलाई स्थापित गराउनुपर्ने बताउनुभयो । उहाँले जन्म, मृत्यु, विवाह दर्तालगायत प्रशासनिक कार्यमा सँगसँगै रही साथ र सहयोग गर्ने बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !