१२ असार २०८१, बुधबार

गृह मन्त्रालय नपाएपछि अर्जुननरसिंह केसीले मन्त्रीको सपथ लिन मानेनन्


arjun-narsingh-kc

आफूले रोजेको मन्त्रालय र वरियताक्रम नपाएपछि कांग्रेस नेता अर्जुननरसिंह केसीले आज हुने सपथ ग्रहणमा सहभागि नहुने भएका छन् ।

केसीलाई पार्टी सभापति शेरबहादुर देउवाले पहिला रक्षा र त्यसपछि स्वास्थ्य मन्त्री बन्न आग्रह गरेका थिए । केसीले भने उपप्रधानसहित मन्त्रालय पाउनु पर्ने माग गरेका थिए । केसीले उपप्रधान नपाएमा गृह वा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको माग गरेका थिए । तर कुनै माग पुरा नभएपछि उनले आज हुने सपथ ग्रहणमा सहभागि नहुने बताएका छन् । उनी अब सरकारमै जाने वा नजाने अनिश्चित भएको छ ।

केसीका भाइ जगदीश्वर नरसिंह केसीले भने, ‘उहाँले मन्त्री पदभन्दा पनि पार्टीको राजनीतिक संस्कार र वरियता पनि महत्वपूर्ण हुने भएकोले आज सपथमा नजाने बताउनुभएको छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !