७ जेष्ठ २०८१, सोमबार

सरकारमा जानबाट कसैले रोक्न सक्दैनः गच्छदार


Bijay Gachhadar Bijay Gachhadar

१७ साउन, काठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नयाँ सरकारमा सहभागी हुने प्रस्ट पारेका छन् ।

फोरम लोकतान्त्रिकको सातौं स्थापना दिवसका अवसमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सो जानकारी दिएका हुन् ।

‘हामी दिल खुस बनाएर नयाँ सरकामा जान्छौं’ गच्छदारले भने । आजको राजधानी दैनिकमा समाचार छ ।

आफूहरुलाई सरकारमा जानबाट मधेसी मोर्चाका केही नेताले रोक्ने प्रयास गरिरहेको भन्दै उनले त्यस्तो दुष्प्रयास नगर्न चेतावनी दिए । ‘तपाइहरुले रोक्न सक्नुहुन्छ भने रोक्नुहोस्, तर हामी सरकारमा जान्छौ-जान्छौं ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !