३ आश्विन २०८१, बिहीबार

सङ्घीयता कार्यान्वयनमा काङ्ग्रेसको साथ रहने


Prakashman singh

१६ असोज, काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीयता कार्यान्वयन गर्ने कुरामा सरकारलाई काङ्ग्रेसको सधँै साथ र सहयोग रहने स्पष्ट पार्नुभएको छ ।

नेपाली काङ्ग्रेस काठमाडौँ महानगरपालिका–१० ले आज बिहान आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा भेटघाट’ कार्यक्रममा उहाँले भन्नुभयो, “मुलुकलाई आर्थिक विकासमा लैजान र जनतामुखी काम गर्न काङ्ग्रेसको सधँै साथ रहन्छ ” ।

उहाँले सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाउनुभयो । “निर्वाचनको समयमा स्थिर, सुशासन र समृद्धिको नारा दिएको तर अहिले सरकारले निर्वाचनको प्रतिवद्धता अनुरुप काम गर्न सकेको छैन,”–उहाँले भन्नुभयो । उहाँले जनताले आशा गरे अनुसार आर्थिक समृद्धिको नारा कार्यान्वयन हुन सकेन भन्दै बरु मूल्यवृद्धि बढेर जनताले दुःख पाइरहेका छन् भन्नुभयो ।

नेता सिंहले काङ्ग्रेसलाई प्रभावकारी ढङ्गले अगाडि लैजान आफूहरु लागिरहेको स्पष्ट पार्नुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !