१५ बैशाख २०८१, शनिबार

कांग्रेस-माओवादी गठबन्धनले निर्वाचन गराउँदैनः विजुक्छे


Narayanman-Bijukchhe

१२ साउन, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले कांग्रेस र माओबादी केन्द्रको गठबन्धनको सरकार निर्वाचन नगराउनका लागि बनेको आरोप लगाएका छन् ।

रफत सञ्चार क्लबले बुधबार गरेको साक्षतकार कार्यक्रममा बोल्दै नेता बिजुक्छेले बर्तमान सरकार ढाल्नुको पछाडिको रहस्य तीनैवटा निर्वाचन नगराउनु रहेको दावी गरे ।

नेता बिजुक्छेले ओली नेतृत्वको सरकारलेे नेपाल र नेपालीको पक्षमा उभिएर काम गरेकाले आफ्नो पार्टीको समर्थन रहेको र अब बन्ने सरकारको काममा आफ्नो पार्टीको समर्थन निर्भर रहने भन्दै नेपाल मजदुर किसान पार्टी प्रतिपक्षमै बस्ने जानकारी दिए ।

उनले भारतीय राजदूतको भूमिका नेपालका लागि घातक रहेको र उनलाई कारवाही गरी नेपालबाट पठाउनु पर्ने धारणा राखे ।

मधेश आन्दोलनको एक बुँदे कार्यक्रम रहेको भन्दै उनीहरुको भर्खरै नागरिकता लिएकाले समेत जन्मसिद्ध नागरिकको जस्तो अधिकार पाउनु पर्ने माग रहेको थाहा पाएर काँग्रेस र मओबादीले समर्थन गरेमा त्यो गलत निर्णय हुने उनले बताए ।

बिगतका सरकारमा रहेका उनीहरुले किन त्यो माग गरेनन् भन्ने पुष्टि हुने भएको र यो माग बिदेशीको घच्घचाहटमा भएको उनको दाबी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !