१२ पुस २०८१, शुक्रबार

पद जोगाउन कति सिट पुग्दैन ओलीलाई?


kp sharma oli

काठमाडौँ : गत वर्षको असोज २४ गते संसदमा प्रधानमन्त्री पदका लागि भएको निर्वाचनमा केपी शर्मा ओलीले ३ सय ३८ मत पाएका थिए। ओलीको प्रमुख सत्तासाझेदारको रुपमा थियो माओवादी। अहिले अविश्वासको प्रस्ताव दर्ता गर्ने माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै प्रस्तावक बनेर ओलीलाई सत्तासिन गराएका थिए।

८३ सिट भएको माओवादीले प्रम प्रधानमन्त्री निर्वाचनमा ओलीको पक्षमा मतदान गरेको थियो। माओवादीले अहिले ओलीलाई दिएको समर्थन फिर्ता लिइसकेको छ जसका कारण ओली सरकार अल्पमतमा परेको दावी माओवादी केन्द्रले गर्दै आएको छ।

माओवादीले समर्थन फिर्ता लिनु अघि नै प्रधानमन्त्री निर्वाचनमा ओलीलाई मतदान गरेको नेकपा संयुक्तले समर्थन फिर्ता लिएको थियो। नेकपा संयुक्तको संसदमा ३ सांसद छन्। त्यसो त ओलीको उम्मेद्वारी दर्ता गर्दा समर्थक बनेका नेपाली जनता दल, खुम्बुवान राष्ट्रिय मोर्चा र दलित जनजाती पार्टीले विपक्षमा मतदान गरेका थिए। तीन पार्टीका एक एक जना सांसद छन्।

प्रधानमन्त्री ओलीविरुद्ध दुई तिहाईले अविश्वासको प्रस्ताव पारित हुने भन्दै नेपाली कांग्रेस र माओवादीले राजीनामा दिन सुझाउँदै आएका छन्। तर ओली भने अविश्वासको प्रस्ताव सामना गर्नेमा दृढ छन्। ओलीको तर्क छ – ‘नेकपा एमाले संसदमा एक्लो हुनेछैन।’

नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठका अनुसार अहिले ओलीको पक्षमा राप्रपा नेपाल, नेकपा माले, नेपाल परिवार दल र राष्ट्रिय जनमोर्चा मात्र छ। त्यसो त मजदुर किसान पार्टी, मधेसी जनाधिकार फोरम लोकतान्त्रिक र राप्रपाको सदाशयता ओलीको पक्षमा छ। राप्रपाले अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने वा विपक्षमा भन्ने अझै खुलाएको भने छैन।

राप्रपाका अध्यक्ष लोकेन्द्रबहादुर चन्दले पहिलोपोस्टसितको कुराकानीमा निर्णय हुन बाँकी रहेको बताए।

अविश्वासको प्रस्ताव दर्ता गरेको माओवादी केन्द्रलाई सत्तारुढ समाजवादी जनता पार्टीले साथ दिइसकेको छ। त्यस्तै नेपाली कांग्रेस र मधेसी गठबन्धनको साथ दिएको छ।

प्रधानमन्त्री ओलीको पक्षमा

नेकपा एमाले १८२
राप्रपा नेपाल २५
मधेसी जनाधिकार फोरम लोकतान्त्रिक १४
राप्रपा १२
नेकपा माले ५
नेमकिपा ४
नेपाल परिवार दल २
राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक २
बहुजन शक्ति पार्टी १
नेपा: राष्ट्रिय पार्टी १
मधेस समता पार्टी नेपाल १
जनजागरण पार्टी नेपाल १
स्वतन्त्र १

कूल २ सय ५१ भोट
अपुग ४७ सांसद (बहुमतका लागि २९८ भोट आवश्यक)

<3>ओलीको विपक्षमा

नेपाली कांग्रेस २०७
माओवादी केन्द्र ८३ (लाहरक्यालले भोट हाल्न नपाउने। सभामुखले निर्णायक मतमात्र दिने हुँदा ८१ मात्र)
संघीय समाजवादी फोरम नेपाल १५
तमलोपा ११
सद्भावना ६ (सञ्जय शाह निलम्बनमा)
तराई मधेस सद्भावना पार्टी ३
नेकपा संयुक्त ३
राष्ट्रिय मधेस समाजवादी पार्टी ३
थरुहट तराई पार्टी नेपाल २
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट १
समाजवादी जनता पार्टी १
नेपाल जनता दल १
मधेसी जनाधिकार फोरम गणतान्त्रिक १
संघीय सद्भावना पार्टी १
खुम्बुवान राष्ट्रिय मोर्चा नेपाल १
दलित जनजाती पार्टी नेपाल १

कूल ३ सय ३७ (सञ्जय शाह, ल्हारक्याल लामा र सभामुख नजोड्दा )
अविश्वास प्रस्ताव पास हुनका लागि आवश्यक भोट २९८


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !