१४ बैशाख २०८१, शुक्रबार

अविश्वास प्रस्तावबारे सभामुख घर्ती अन्तिम छलफलमा, प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेता सिंहदरबारमा


tin dal

सभामुख ओनसरी घर्तीले प्रमुख तीन दलको बैठक डाकेकी छिन्। सभामुख घर्तीले आफ्नो कार्यकक्ष सिंहदरबारमा अन्तिमपटक सहमतिका लागि अहिले तीन दलको बैठक राखेकी हुन्।

केपी ओली नेतृत्वको सरकारविरुद्ध संसदमा विचाराधिन अविश्वास प्रस्तावका विषय छलफलको विषयवस्तु रहेको घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले बताए। सभामुख घर्तीले भरसक सहमतिमै जान दलहरूलाई अन्तिमपटक आग्रह गर्न बैठक डाकेको शर्माले बताए।

तीन दलबीच अब सहमति नभए अविश्वास प्रस्ताव आज ११ बजे संसदको कार्यसूचीमा प्रवेश गर्छ। ‘२९ गतेदेखि उहाँले सहमतिका लागि प्रयास थाल्नुभएको हो, अन्तिम पटकका लागि भनेर बोलाउनुभएको छ, सहमति नभए ११ बजेपछि सयो विषय संसदको कार्यसूचीमा प्रवेश गर्छ,’ शर्माले भने।

प्रमुख तीन दलका शीष नेता प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल छलफलका लागि पुगेका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !