६ मंसिर २०८१, बिहीबार

संसद बैठकमा भीडन्तको खतरा, मर्यादापालकको संख्या बढाइयो


BICC

काठमाडौं, ६ साउन – कांग्रेस, एमाले र माओवादीबीच व्यवस्थापिका संसदको बिहिबार बस्ने बैठकमा पहिला अविस्वासको प्रस्तावमाथि छलफल गर्ने कि आश्रित विधेकमाथि छलफल गर्ने भन्नेमा तीब्र विवाद भएको छ । बैठक बिहान ११ बजेको लागि तय गरिएको छ ।

कांग्रेस माओवादीले पहिला अविस्वास प्रस्तावमाथि छलफल हुनुपर्ने अडान लिएको छ भने एमालेले भने पहिला आश्रित विधेयकमाथि छलफल हुनुपर्ने र त्यसो नभए संसदमा प्रतिकार गर्ने बुधबारको बैठकबाटै निर्णय गरेको छ ।
कांग्रेस –माओवादी पहिला अविस्वासको प्रस्तावमाथि छलफल हुनुपर्छ भन्ने र एमालेले त्यसो गरिए प्रतिकार गर्ने चेतावनी दिएसँगै संसदमा भीडन्तको खतरा बढेको छ ।
एमाले सांसद जनार्दन ढकालले पहिला आश्रित विधेकमाथि छलफल हुनुपर्छ भन्ने पार्टी संसदीय दलको बैठकबाटै निर्णय भइसकेको भन्दै आफूहरुको मागको सुनुवाई नगरी जवरजस्ती गर्न खोजिए प्रतिकार गर्ने बताए । एमालेले आश्रित विधेकमाथि छलफल नभए संसद अवरुद्ध पार्ने तयारीका साथ संसद बैठकमा उपस्थित हुन समेत सांसदहरुलाई निर्देशन दिइसकेको छ ।
‘अविश्वास प्रस्तावमाथि छलफल हुनुअघि असार २९ र ३१ गते संसद बैठकको कार्यसूचीमा प्रवेश गरिसकेका विधेयक टुंगो लगाउनुपर्ने एमालेको माग हो ’, सांसद ढकालले भने, ‘आश्रति विधेयकको टुंगो लागेपछि मात्र संसदमा अन्य विषयमाथि छलफल हुन्छ ।’

तर, कांग्रेस माओवादीले भने संसद्को कार्यसूचीका सम्बन्धमा अविश्वासको प्रस्ताव र बजेटसँग सम्बन्धित विधेयकलाई कार्यसूचीमा समावेश गर्ने र पहिले अविश्वासको प्रस्तावमा छलफल गर्ने निर्णय गरेको छ ।
कांग्रेस माओवादीको यस्तो निर्णय र सभामुखले पनि सहमति नभएकोअवस्थामा आफू अविस्वासको प्रस्तावमाथिको छलफललाई नै अघि बढाउने बताइरहेको बेला संसदमा तनाव हुने निश्चित रहेको बुझिएको छ ।
कांग्रेस नेता रमेश लेखकले अन्तर्राष्ट्रिय प्रचलन पनि संसद्मा दर्ता भएको अविश्वासको प्रस्तावको छिनोफानो भएपछि मात्र अन्य कार्यसूचीलाई अघि बढाउने रहेको दाबी गरे ।
यसैबीच दलहरुबीचको विवादले संसदभित्र अप्रिय घटना हुनसक्ने भन्दै मार्सलको संख्या बढाइएको छ । यसअघि ९०१ जना मार्सल खटिँदै आएकोमा आजको बैठकका लागि थप ३० जना मार्सल खटाइन लागेको संसद सचिवालय स्रोतले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !