१४ असार २०८१, शुक्रबार

कांग्रेस महामन्त्री शशांक अस्पतालबाट डिस्चार्ज


shasank koirala

रावण ५, २०७३- कांग्रेस महामन्त्री शशांक कोइराला बुधबार बिहान ओम अस्पतालबाट डिस्चार्ज भएका छन् । दुई सातादेखि अस्पतालमा भर्ना भएका कोइरालालाई निमोनिया निको भएपछि अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

कोइरालाको उपचारमा संलग्न डा.लव जोशीका अनुसार शशांकलाई दिइएको एन्टिबायोटिक इन्जेक्सनको कोर्स मंगलबार राति सकिएको थियो । कोइरालाको रगत, फोक्सोको एक्स–रे परीक्षण प्रतिवेदन पनि सामान्य देखिएको छ । तर उनी घर गए पनि करिब दुई सातासम्म आराम नै गर्नुपर्ने चिकित्सकहरूले बताएका छन् ।

अस्पतालबाट डिस्चार्ज हुने क्रममा पहेँलो सर्टमा देखिएका कोइरालाले केही बोल्न चाहेनन् । कार्यकर्ता माझ घेरिएका उनले हात मात्रै हल्लाए । अस्पताल परिसरमा भेला भएका कार्यकर्ता तथा आफन्तले ‘शशांक कोइराला जिन्दावाद’ भन्दै नारा लगाएका थिए ।

उनलाई लिन उनको छोरी र ज्वाइँ आएका थिए । शशांक कियाको रातो स्पोर्टेज कारमा टोखास्थित घर फर्केका छन् । उनलाई एकहप्तापछि फलोअपको लागि बोलाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !