१२ असार २०८१, बुधबार

‘प्राप्त उपलब्धिको संस्थागत विकासका लागि एकताको खाँचो’: प्र.म अोली


Pm-kp-oli-mic-speaking

२१ असार, २०७३:- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी एक वर्षभित्र मुलुकको सङ्क्रमणकालीन अवस्था समाप्त गर्न राजनीति सहमति अपरिहार्य रहेको बताउनुभएको छ ।

नेपाल परिवार दलको दोस्रो राष्ट्रिय महाधिवेशनको आज काठमाडौंमा उद्घाटन गर्दै उहाँले विगतमा टुटेका सहमतिलाई नयाँ ढङ्गबाट सहकार्यमा पुर्याउन वर्तमान सरकार कटिबद्ध छ भन्नुभयो ।
प्रधानमन्त्री ओलीले मुलुकमा आन्दोलनको औचित्यता समाप्त भइसकेको बताउँदै आन्दोलनबाट प्राप्त उपलब्धिको संस्थागत विकासका लागि एकताको खाँचो आौल्याउनुभयो ।

कार्यक्रममा राप्रपाका अध्यक्ष लोकेन्द्रबहादुर चन्दले सम्पूर्ण नेपालीलाई एकताको सूत्रमा आबद्ध हुन आग्रह गर्दै अहिले नेपालीले विवेकको प्रदर्शन गर्ने समय आएको बताउनुभयो ।

नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले एकापसमा सहमति र सहकार्यबाट मात्र राजनीति सङ्क्रमण अन्त हुने बताउनुभयो । नेकपा (माओवादी केन्द्र)का सचेतक हितराज पाण्डेले संविधानको सफल कार्यान्वयनले मात्र मुलकको भविष्य निर्देश गर्ने बताउनुभयो ।

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र महतोेले वर्तमान सरकार मधेसका माग समाधानमा अग्रसर नभएको आरोप लगाउनुभयो । भारतीय जनता पार्टीका नेता विजय जोलीले नेपालको विकास स्वयम् नेपालीले नै गर्ने हँुदा यहाँका जनता र राजनीति पार्टीबीच देखिएको मतभेद अन्त्य गर्दै सहमति र सहकार्यको बाटो अवलम्बन नै संविधान कार्यान्वयनको महत्वपूर्ण कडी भएको बताउनुभयो ।

भारतीय राष्ट्रिय काँग्रेसका नेता आलोक शर्माले नेपाल र भारतको सम्बन्ध अनुपम रहेको उल्लेख गर्र्दै नेपालीले नकारात्मक सोचाइभन्दा सकारात्मक चिन्तन गर्नुपर्ने समय आएको बताउनुभयो । आम आदमी पार्टी भारतका नेता प्रणीव कुमारले विकास आपसी मतभेदबाट नभई एकताबाट मात्र सम्भव छ भन्नुभयो ।

परिवार दलले आफ्नो घोषणापत्रमा शान्ति, एकता र विकासलाई मूल आधार बनाएको छ । महाधिवेशनमा देशभरका एक हजार १०० प्रतिनिधिको उपस्थिति छ ।

‘असल परिवार समृद्ध नेपाल, अग्रगामी लोकतन्त्र हाम्रो मूलमन्त्र’ भन्ने नाराका साथ सुरु भएको र परिवार दलका अध्यक्ष तथा शान्ति तथा पुनःनिर्माणमन्त्री एकनाथ ढकालको सभापतित्वमा भएको महाधिवेशनमा बङ्गलादेश र श्रीलङ्काका विभिन्न दलका प्रतिनिधि तथा युनिभर्सल पिस फेडरेसनका प्रमुख व्यक्तिको सहभागिता थियो ।

महाधिवेशनले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशन बुधबारसम्म सञ्चालन हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !