१२ आश्विन २०८१, शनिबार

ट्रम्पद्वारा ‘सबै प्रकारका जातिवाद’को निन्दा


Donald Trump

२७ साउन, वासिङ्टन, संयुक्त राज्य अमेरिका । अमेरिकाको भर्जिनियास्थित चारलोटीभिल्लामा नव–नाजीहरूको हिंसात्मक प्रदर्शन भएको ठीक एक बर्षपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार आफू सवै किसिमको जातिवादको विरोधी भएको बताउनुभएको छ ।
चारलोटीभिल्लाको हुलदङ्गामा एक बर्ष पहिले अनाहकमा मृत्युको शिकार हुनु परेको र अमेरिकीहरूबीच विभाजन ल्यायो, राष्ट्रपति ट्रम्पले ट्वीटर सन्देशमा उल्लेख गर्नुभएको छ ।
ट्रम्पले भन्नुभयो, “हामीहरूबीच राष्ट्रका लागि एकताको खाँचो छ । अमेरिकीहरूको शान्तिका लागि म सबै प्रकारका जातिवाद र हिंसात्मक गतिविधिको निन्दा गर्न चाहन्छु ।”
गत बर्षको आन्दोलन आजकै दिन (अगस्ट ११) बाट सुरु भएको थियो । अमेरिकी नव–नाजीहरूले काँधमा राइफल बोकेर श्वेतहरूको राष्ट्रियताका लागि नारा घन्काएर दक्षिणी अमेरिकामा नागरिक अधिकारको आन्दोलनपूर्व भएको जातीवादको स्मरण गर्दै आन्दोलन गरेका थिए । जसमा एक महिलाको मृत्यु भएको थियो भने १९ जना सख्त घाइते बनेका थिए ।
ट्रम्पले उक्त आन्दोलनमा नव–नाजी तथा फाँसीवाद विरोधी दुवै समूहको कमजोरी रहेको बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !