१४ बैशाख २०८१, शुक्रबार

सवाल प्रधानमन्त्रीको होइन, संविधान असफल होला भन्ने चिन्ता छ : दाहाल


prachanda

२० असार, २०७३:- नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समयको आवश्यकता अनुरुप देशमा भ्रखर स्थापित नयाँ संविधान को कार्यनयनका लागि चिन्ता ब्यक्त गर्नुभएको छ।

बनेपा भएको एक कार्यक्रमलाई संबोधन गर्दै दाहालले, बर्तमान अवस्थामा सरकार परिवर्तन गर्ने प्रक्रिया भन्दा पनि राष्ट्रिय सहमतिको सरकार निर्माणमा आफ्नो जोड रहेको बताए। एउटा सरकार गिराउने र अर्को बनाउने खेलले नेपाललाई कहिं पुर्‍याउन नसक्ने बताउँदै राष्ट्रिय सहमतिका लागि जोड रहेको उनको भनाई छ।

संविधान कार्यान्वयन र पुनर्निर्माणका लागि राष्ट्रिय सरकारको आवश्यकता महसुस भएको हो। राष्ट्रिय सहमतिमा ओलीजीमा सहमति हुन्छ, ठीक छ, शेरबहादुरजीमा हुन्छ ठीक छ,’ आफ्नो एजेन्डा चाहि नब निर्मित संविधानको कार्यान्वयन शान्तिप्रक्रिया लाई टुङ्गोमा पुर्याउनु छ, ‘ उनले भने ।’

‘हामीले राष्ट्रिय स्वाधिनताको लडाइँ लडिरहँदा आन्तरिक राष्ट्रिय एकता दुर्घटनामा पर्ने त होइन भन्ने छ, पुनर्निर्माण कछुवाको गतिमा छ, १ प्रतिशत पनि काम भएको छैन,’ ‘यो कामका लागि राष्ट्रिय सहमतिबिना सम्भव छैन भन्ने चिन्ता व्यक्त गरेका छन ।’

आफू प्रधानमन्त्री हुन हतारिएको भन्ने टिप्पणीमा सत्यता नभएको पनि दाबी गर्दै । ‘ उनले भने, ‘सवाल प्रधानमन्त्रीको होइन, संविधान असफल होला भन्ने चिन्ताबाहेक अरु केही छैन ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !