२० बैशाख २०८१, बिहिबार

कांग्रेसको अडान कायमै, भूकम्प पीडितलाई तत्कालै २ लाख


nepali congress ostruct house meeting

१४ असार, काठमाडौं:- व्यवस्थापिका संसदको अवरोध हटाउनेबारे सहमति जुटाउन बसेको प्रमुख चारदलीय कार्यदल को बैठक असफल भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रसले भुकम्प प्रभावितलाई एकमुष्ट दुईलाख रुपैयाँ दिनुपर्ने माग अडानै राखि लगातार रुपमा संसद अवरुद्ध पारेपछि सहमति खोज्न सोमबार कार्यदल बनेको थियो।

मंगलबार विहानै बसेको कार्यदलको बैठकमा दलहरुले आ- आफ्नै अडान दोहोर्‍याएपछि कुनै सहमति हुन सकेन । तर, सरकारको नेतृत्व गरिरहेको एमालेले भने किस्तामा मात्रै रकम दिन सकिने बताएको छ ।

सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलेसमेत भूकम्प पीडित परिवारलाई ३ लाख दिनुपर्ने माग गरेपछि कांग्रेसले अडान नछाड्ने संकेत दिएको छ।

अबको बैठकमा शीर्षतहमै छलफल हुने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !