२२ बैशाख २०८१, शनिबार

थरुहट संघर्ष समितिले गर्यो लालटिन जुलुस


camping-lanterns

१२ असार,२०७३- काठमाडौं, थरुहट/ थारुवान संयुक्त संघर्ष समितिले राज्यले आफ्नो माग सम्बोधन नगरेको भन्दै लालटिन जुलुस निकालेको छ । राजधानीको नयाँ बानेश्वरमा आइतबार दिउँसो आफ्ना विभिन्न मागबारे सरकार मौन रहेको भन्दै ध्यानाकर्षणको लागि जुलुस निकालिएको समितिले जनाएको छ ।

समितिले ११ दिन अगाडि सरकारसँग वार्ता गर्न धनीरम चौधरीको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो ।

समितिले टीकापुर घटनामा पक्राउ परेकाहरुलाई नि:शर्त चाँडै रिहा गर्नु पर्ने, थारुहरुलाई समेत समेट्ने गरि सीमांकन हुनुपर्ने लगायतका माग राख्दै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !