काठमाडौं । पूर्वमन्त्री जीतेन्द्रनारायण देवले नेकपा (एमाले) परित्याग गरेका छन् । विगतमा संविधानसभा र राष्ट्रियसभा सदस्य रहिसकेका देवले आज सोमबार एक विज्ञप्ति जारी गर्दै एमालेले परित्याग गरेको जानकारी दिएका हुन् ।
देवले आज सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी परित्याग गरेको घोषणा गर्दै एमालेले जेनजी आन्दोलनलाई नबुझेको र सच्चिनुको साटो विदेशी षडयन्त्र मात्र देखेकोमा असन्तुष्टि जनाएका छन् । ‘जेनजी’ आन्दोलनपछि अध्यक्ष केपी शर्मा ओलीले आफू र पार्टीलाई सच्याउनेतिर नलागेको आरोप लागएका छन् ।
उनले पार्टीलाई व्यक्तिवाद र देवत्वकरणतिर लैजाने तथा स्वेच्छाचारी ढङ्गले पार्टी सञ्चालन गर्ने नेतृत्वको कार्यशैलीसँग असहमत भएकाले पार्टी छाड्नुपरेको देवले बताएका छन् । उनी नेपाली कांग्रेस छाडेर ०८१ असारमा एमालेमा प्रवेश गरेका थिए ।












