१ फाल्गुन २०८२, शुक्रबार

राष्ट्रियसभा निर्वाचन : गण्डकीबाट एमालेकी देवकोटा विजयी


सम्झना देवकोटा

पोखरा । राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकीबाट महिला क्लष्टरमा एमालेकी सम्झना देवकोटा विजयी भएकी छिन् । एमालेबाट उम्मेदवार बनेकी उनले ५ हजार १४ मतभार पाइन् ।

राष्ट्रियसभा निर्वाचनका लागि आइतबार गण्डकी प्रदेशको राजधानी पोखरामा मतदान भएको थियो । कांग्रेससँगको सहकार्यमा एमालेबाट उम्मेदवार बनेकी देवकोता विजयी भएकी हुन् ।

गण्डकीका २२८ मतदतामध्ये २२३ मत खसेको थियो । मतदानमा सहभागी नभएकामध्ये राप्रपाका २ जना सांसद र सत्ता गठबन्धनका ३ जना पालिका प्रतिनिधि छन् । यसरी हिसाब गर्दा सत्ता गठबन्धनका उम्मेदवारले ५ हजार १ सय ५ मतभार पाउनुपर्नेमा देवकोटाले ९१ मतभार कम पाएकी हुन् ।

यद्यपि, मुख्य निर्वाचन अधिकृतको कार्यालयले परिणाम सार्वजनिक गरिसकेको छैन । यहाँ नेपाली कम्युनिस्ट पार्टीबाट गोमा घिमिरे र राष्ट्रिय जनमोर्चाले लक्ष्मी बास्कोटालाई उम्मेदवार बनाएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु