काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले हरिबोल गजुरेललाई पार्टीबाट निष्कासन गरेको छ । नेकपाले आज गजुरेलसहित सात नेतालाई पार्टीबाट निष्कासन गरेको हो ।
अनुशासनको कारबाही गर्नु परेको भन्दै नेकपाले गजुरेलसहित ७ जना नेतालाई पार्टीबाट निष्कासन गरेको बताएको छ । पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध पार्टी निर्देशन विपरीत उम्मेदवारी गर्दा गरेको तथा सो कार्यमा सघाएको आरोपमा उनीहरुलाई कारबाही गरिएको हो ।
कारबाहीमा पर्नेमा गजुरेलसहित, महेश्वर दाहाल (सिन्धुली), कुलप्रसाद केसी (दाङ), मेजर राई (उदयपुर),धर्मनाथ साह (सिराहा), राजकुमारी साह (सिराहा), जिवछ साह (सिराहा) रहेका छन् । दाहालले सिन्धुली २ बाट र केसीले दाङ १ बाट उम्मेदवारी दिएका थिए ।
नेकपाले सिन्धुली–२ मा राजन दाहाललाई उम्मेदवार बनाएको छ । पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उमेदवार उठ्ने र तिनका समर्थक र प्रस्तावकलाई कारबाही गरिएको नेकपाले जनाएको छ ।












