२ फाल्गुन २०८२, शनिबार

नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री अर्याललाई


ओमप्रकाश अर्याल

काठमाडौं । नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।

प्रतिनिधिसभा चुनावमा उठ्नका लागि यसअघिका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिएर ललितपुर-२ बाट रास्वपाको उम्मेदवार बनेपछि रिक्त रहेको प्रवक्ताको पदको जिम्मेवारी गृहमन्त्री अर्याललाई दिइएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु