काठमाडौं । नेकपा (एमाले) ले ताप्लेजुङबाट क्षितिज थेबेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमालेले आगामी फागुन २१ गते हुन लागेको चुनावका लागि ताप्लेजुङबाट थेबेलाई उठाउने भएको हो ।
पार्टी उपमहासचिव योगेश भट्टराईलाई टिकट नदिएर एमालेले थेबेलाई दिएको हो । भट्टराईले ताप्लेजुङबाट २०७४ र २०७९ को चुनाव जितेका थिए । थेबे एमाले निकट राष्ट्रिय युवासंघका केन्द्रीय अध्यक्ष हुन् ।
यो क्षेत्रबाट चुनाव जित्दै आएका उपमहासचिव योगेश भट्टराईले भने टिकट पाएनन् । भट्टराईले टिकट वितरणमा असहमति जनाउँदै पार्टी कार्यालयमा नोट अफ डिसेन्ट नै लेखेका छन् ।












