१ फाल्गुन २०८२, शुक्रबार

काठमाडौंका मेयर बालेन साहले दिए राजीनामा


बालेन्द्र शाह

काठमाडौं । काठमाडौं महागरपालिका मेयर बालेन साहले राजीनामा दिएका छन् । उनले केहीबेरअघि राजीनामा दिएको उनको सचिवालयले जनाएको छ ।

मेयर शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् । काठमाडौं महानगरपालिकाका एक अधिकारीले मेयरको सचिवालयमार्फत् उपमेयरलाई राजीनामा बुझाइएको हो ।

“नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन २०७४ ऐन तथा काठमाडौं महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम म काठमाडौं महानगरपालिकाको नगर प्रमुख पदबाट मिति २०८२ माघ ४ गतेदेखि लागु हुनेगरी स्वेच्छाले राजीनामा पेश गरेको छु,” बालेनले भनेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !