१ फाल्गुन २०८२, शुक्रबार

एमालेले आज काठमाडौंमा जनप्रदर्शन एवं जनसभा गर्दै, ओलीले सम्बोधन गर्ने


एमाले प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) ले आज काठमाडौंमा जनप्रदर्शन एवं जनसभा गर्ने भएको छ । एमाले बागमती प्रदेश कमिटीको आयोजनामा आज दिउँसो काठमाडौंको भृकुटीमण्डपमा निर्वाचनकेन्द्रित जनप्रदर्शन आयोजना गरेको हो ।

भृकुटीमण्डपबाट सुरु हुने जनप्रदर्शन प्रज्ञाभवन कमलादीमा पुगेर जनसभामा परिणत हुने बताइएको छ । मध्यान्ह १२ बजेदेखि हुने प्रदर्शनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।

बागमती प्रदेश कमिटीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विशेष चुनावी अभियानको थालनी गर्न प्रदर्शन आयोजना गरेको हो । एमालेले केही निर्वाचन क्षेत्रबाहेकमा प्रतिनिधि सभा सदस्यको उम्मेदवार टुंग्याएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !