२ फाल्गुन २०८२, शनिबार

काँग्रेस नेता हृदयराम थानीद्वारा उम्मेदवार नबन्ने घोषणा


हृदयराम थानी

काठमाडौँ । नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको उम्मेदवार नहुने घोषणा गरेका छन् ।

उनले आज एक विज्ञप्ति जारी गरी आफ्नो स्वास्थ्यको कारण र भदौ २३ र २४ को जेनजी आन्दोलनपछि देश अप्रत्याशित राजनीतिक घटनाक्रम र अन्योलताबाट गुज्रिरहेको उल्लेख गर्दै निर्वाचनमा उम्मेदवार नहुने घोषणा गरेका हुन् ।

सुर्खेत क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार सिफारिस हुनु भएका नेता थानीले भने, “करिब दुई महिनादेखि खुट्टामा नशासम्बन्धी समस्याका कारण सहज रूपमा हिँडडूल गर्न सकेको छैन, त्यसकारण यो निर्वाचनमा म नउठ्ने निर्णय गरेको छु ।” मुलुकको स्थायित्व र संविधानको रक्षाको निम्ति फागुन २१ गते नै निर्वाचन सम्पन्न गर्नुपर्ने उनको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु