२ फाल्गुन २०८२, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित


गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित भएका छन । काठमाडौँमा जारी विशेष महाधिवेशन पक्षधरको दोस्रो विशेष महाधिवेशनबाट आज पार्टी सभापति पदमा थापा निर्विरोध निर्वाचित भएको केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिए ।

“सभापति पदमा थापाको मात्रै उम्मेदवारी भएकाले उहाँ निर्विरोध निर्वाचित भएको घोषणा गर्दछु”, निर्वाचन परिणाम सुनाउँदै संयोजक केसीले भने । सभापतिमा निर्वाचित भएपछि थापाले अहिले विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा उपस्थित नेता, कार्यकर्ता र शुभेच्छुकलाई सम्बोधन गरिरहेका छन् ।

यसपछि बाँकी निर्वाचनको परिणाम घोषणा गर्ने कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु